Sunday the 19th - Author: Joomla Templates

Earthquake induced landslide risk in Nepal

Ranjan Kumar Dahal, PhD

Department of Geology, Tribhuvan University, Ghantaghar, Kathmandu, Nepal

Please use this information extensively, but I request to acknowledge the source.

For Citation, use this line:

Dahal R.K., 2013, भूकम्पले गर्दा हुने पहिरो र नेपाल यसको जोखिम - a report published in www.ranjan.net.np

कमेन्ट र सल्लाहको लागि : यहाँ थिच्नुस

कान्तिपुर मा प्रकाशित लेख  पढ्न : यहाँ थिच्नुस

सन्दर्भ भूकम्प दिवस माघ २ - भूकम्पले गर्दा हुने पहिरो र नेपालमा यसको जोखिम 

डा रन्जन कुमार दाहाल, सह-प्राध्यापक, भुगर्भ विभागत्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पसघण्टाघरकाठमाडौंनेपाल

हाम्रो नेपालमा भुइचालो ले गर्दा हुने क्षति लाइ केवल शहरी समस्या को रुपमा मात्र चित्रित गरेर राखिने गरिएको छ | भुइचालो पछी घर भत्किन्छ अनि हामीलाई थिचेर र किचेर मार्छ भन्ने सोच सबै आम जनसमुदाय देखि लिएर सरकारी अधिकारी हरु सबैले राम्ररी बुझेका छन् | तर यहि भूइचालोले गर्दा ८३% पहाड भएको हाम्रो देशमा भुइचालो पछी हुने पहिरो र पहिरोले गर्दा थुनिने नदिहरुले कति क्षति गर्नेछ भन्ने कुरा सायदै कसैले सोचेको छ र विचार गरेको छ जस्तो लागेको छ | शहर मा ठुला ठुला लाउड स्पिकरमा भूकम्पको बारेमा जति नै कराए पनि भूकम्पीय जोखिमका घर हरु बनिने क्रम रोकिएको छैन | तर कम्तिमा भूकम्पीय जोखिम को बारेमा सबैलाई थाहा छ | तर भूकम्प पछिको पहिरोले गर्दा के हुन्छ हामीले जान्न अति नै जरुरि भइसकेको छ | सन् २००८ मा चीनको सिचुवान प्रान्त र सन् २००५ को पाकिस्तानमा गएको भूकम्प पछी मरेका हरुमा भूकम्प पछीको पहिरोको कारणले गर्दा मर्ने हरु को संख्या २५% भन्दा बढी थियो | नेपालमा पनि भूकम्प पछी गएका पहिरोहरु प्रसस्त भएको कुरा हालै गरिएको अध्यायनले पनि देखाएको छ | यस्ता पहिरोहरुले नदि हरु थुनेका छन् | डोल्पाको फोक्सुण्डो ताल, जोमसोमको लेते गाउ र दोलखाको लामाबगर गाउ, यसका केहि उदाहरण हरु हुन | यसबाट हामीमा भूकम्प पछिको पहिरोको जोखिम कति छ भन्ने कुरा सजिलै थाहा हुन्छ |  

ठुला भूकम्पले गर्दा हाम्रा पहाड हरुको स्वरूप परिवर्तन हुन जान सक्छ र आज भिर भएको ठाउमा सम्म परेको जमिन पनि बन्न सक्छ | यस्तो उथल पुथल हुने कुरा हामीलाई पत्यार नलाग्ला तर जापान, चिन र ताइवान मा गएको ठुला भूकम्पले यस्तो हुनसक्ने कुरा देखाई सकेको छ |  भुइचालोको शक्ति तरंग को रुपमा जमिन मा बग्दा नतोदर र उन्नतोदर (कन्केभ र कनभेक्स) पहाडी धरातल अनुसार भूकम्पको शक्ति कम हुने र बढी हुने गर्दछ, जसले गर्दा पहाडको नाक परेको (रिडज) भागमा बढी भूकम्पीय शक्ति हुन्छ भने नाली (भ्याली) परेको भागमा कम भूकम्पीय शक्ति बग्दछ | जसको फल स्वरूप, सापेक्षिक रुपमा पहाडको टुप्पामा रहेका घरहरु र पहाडको नाकमा बनेका घर हरु भन्दा केहि नाली परेका भागमा बनेका घर हरुले भूकम्पको कम क्षति ब्योहोर्छन | यो कुरा २०११ मा ताप्लेजुंग मा गएको भूकम्प पछी को पहिरोको अधययनमा गर्दा पनि देखिएको छ | जम्मा १०० मि को दुरीमा रहेको दुइ घरमा पहाडको नाकमा बनेको घर पुरै चर्किएको थियो भने पहाडको नाली परेको भागमा रहेको घर सुरक्षित थियो | 

हाम्रो देशमा पहाडी सडक हरु कि त रिडज बाट खनिएको छ कि त नदि किनार बाट खनिएको छ | यसैले यस्तो सडक हरु बर्षाले गर्दा हुने पहिरो बाट त बर्षेनी भत्किदै छन् तर भू-कम्पले गर्दा हुने पहिरोले गर्दा त पुरै कामै नलाग्ने गरि बिग्रिने र मासिने छन् भन्ने कुरा हामी धेरै कम लाइ मात्र थाहा छ | साधारणले बुझ्ने गरि भन्ने हो भने यदि ७.५ रेक्टर स्केलको भूकम्प मध्य नेपाल लाइ असर पार्ने गरि गएमा हाम्रा सडकहरु सायदै रहलान भन्ने कुरामा दुइमत छैन | यस्तो भूइचालोमा पुल-पुलेसा भत्किएर मात्र नभई पहाड बाट झरेका पहिरोले धेरै जस्तो ठाउमा बाटो थुनिने छ र नदि हरुपनि थुनिएर ताल बन्ने छ | २०११ को पूर्वी नेपालको भूइचालोमा भेडेटारमा झरेको ढुंगे पहिरो झैँ ठुला ठुला ढुंगे पहिरो ले हाम्रा राजमार्ग थुन्नेछ | हाम्रो घर-आगन र बारीको पाटोमा अजंगको चट्टानको टुक्रा आइपुग्नेछ | त्यस्तै गरि अरनिको राजमार्ग र पृथ्वी राजमार्ग को धेरै भाग कामै नलाग्ने गरि बिग्रिने छ भने काठमाडौँ आउने हेटौडा-पालुंग-नौबिसे सडक र हेटौडा-कुलेखानी-फर्पिंग सडक पनि स्वाहा भएर बिग्रिने छ | भीमफेदी-देउराली-कुलेखानी सडकको धेरै ठाउमा त सडक को डोब पनि नरहने गरि पहाड भत्किन जान्छ | यस अवस्थामा काठमाडौँ को बाहिरी संसार संग सम्पर्क पुरै टुट्ने छ किनकि काठमाडौँ एरपोर्ट पनि काम लाग्ने हुने छैन | महिनौ सम्म के गर्ने र कसो गर्ने मै दिन जानेछ ! 

यस्तो खतरनाक अवस्थाको लागि अब हामी कसरि तयार हुने भन्ने कुरा अति महत्वपूर्ण छ |  यसको लागि पहिले त हाम्रो सडक र गाउ बस्ति को लागि हामीले जमिन कसरि प्रयोग गर्ने हो त्यसको नीति तयार पार्नुपर्छ | भूकम्पले गर्दा हुने पहिरो र वर्षाले हुने पहिरो को एकमुस्ट अध्ययन गरि पहिरो जोखिम नक्शा बनाउनु पर्छ | हालको सडक मा कहाँ कहाँ खतरा हुन्छ त्यसको लेखाजोखा गरि पहिरो जोखिमलाई न्यूनीकरण गर्न पनि त्यतिकै जरुरि छ |  त्यसतै गरि अति ठाडो पहाडी स्लोपमा पहाड काटेर सडक बनाउनु भन्दा सुरुंग मार्ग बनाउनु उत्तम हुन्छ किनकी भूकम्प को शक्तिशाली तरंग जमिनमा बग्छ, पहाड भित्र यसको असर अति कम हुन्छ, सुरुंग मार्गमा सुरुंग को मुखमा मा मात्र क्षति हुन्छ तर भित्र केहि हुदैन र अति कम खर्चमा र चाडो भन्दा चाडो सडक सुचारु गर्न सकिन्छ |  

भूकम्प सुरक्षा दिवसको अवसरमा आज हामी सबैले बुझ्नै पर्ने कुरा भनेको हाम्रो हाल सम्म को सडक बनाउने र बस्ति बसाल्ने जुन परिपाटि छ त्यसमा अब अपार परिवर्तन गर्न जरुरि भैसकेको छ, जब सम्म असख्य घुम्ती भएको सिन्धुली-धुलिखेल सडक र हेटौडा-नौबिसे जस्ता सडकलाइ दाताहरुको सहयोग भन्दै हामी स्वीकार गर्ने गर्छौ, हामीले भूकम्पीय जोखिम पनि हामी त्यति नै बढाउदै छौ भन्ने कुरा हामीले बुझ्न जरुरि भैसकेको छ | सडक बनाउनु अति जरुरि छ तर त्यतिकै रुपमा त्यो सडक भूकम्पको बेलामा सुरक्षित र दिगो पनि हुनु पनि जरुरि छ किनकी हामीलाई प्रकोप व्यवस्थापन गर्न सजिलो होस् | 

भेडेटारमा २०११ को सेप्टेम्बर मा गएको भूकम्पले गर्दा गएको पहिरो 

अन्तमा याद राखौ, भूकम्पले हामीलाई मार्दैन, तर हामीले बनाएको बिल्डिंग अनि भूकम्प पछीको पहिरोले हामीलाई मार्छ !

couponcodeshosting